Logo

Sub-banner

हिमालयन हाइड्रो एक्स्पो सुरु


GDP नेपाल
   २० चैत्र २०७८, आइतबार


तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । शनिबार सुरु भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गर्नुभयो । राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उहाँले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेकामा जोड दिनुभयो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँको मात्रा घट्दै जानु चिन्ताजनक विषय भएको तथ्य पेस गर्दै राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन तथा हरियाली प्रवद्र्धनमा जोड दिन सबैको ध्यानकर्षण गराउनुभयो ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह