Logo

मुख्य समाचार

सेयर बजारमा ३० अंकको गिरावट, कारोबार रकम खुम्चियो


GDP नेपाल
   २० चैत्र २०७८, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजारमा दाहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक (नेप्से) ३०.८९ अंकले घटेर २ ५१३.४१ विन्दुमा पुगेको छ। आज म्यूचुअल फन्ड बाहेक सबै समूह राताम्मे भएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूह २१६.९९ अंकले घटेको छ । बैंकिङ ८.३८, विकास बैंक ५५.८६, निर्जीवन बीमा १७४.६१, माइक्रोफाइनान्स ६८.१९, फाइनान्स ३०.६२, उत्पादन ४९.७९, लगानी १.२३, जलविद्युत ३९.०४, अन्य ६४.१५, ब्यापार २८.९३ र होटल तथा पर्यटन २३.८६ अंकले घटेको छ ।

आज दुई सय २५ कम्पनीका ३२ लाख कित्ता सेयर एक अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह