Logo

बैंक / बिमा /शेयर

विलासी सामान आयातमा राष्ट्र बैंकको रोक, एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन


GDP नेपाल
   २२ चैत्र २०७८, मंगलबार


नेपाल राष्ट्र बेंकले निजी सवारीसाधन आयातमा रोक लगाएको छ ।

देशको खस्कदो आर्थिक अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर अत्यावश्यक बाहेकका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको हो ।

विदेशी मुद्रा सञ्चिती कम भएपछि बैंकहरुलाई निजी गाडी आयातका लागि समेत एलसी नखोल्न निर्देशन दिँदै राष्ट्र बैंकले आयातलाई कडाइ गर्ने नीति लिएको हो ।

छलफलमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठ, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायतको सहभागिता थियो ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह