Logo

सेयर बजार

४६ अंकले घट्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   २२ चैत्र २०७८, मंगलबार


मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक (नेप्से) ४६.४६ अंकले घटेर २ हजार ४५२.०६ विन्दुमा पुगेको छ।

आज होटल तथा पर्यटन समूहबाहेक अन्य समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ४३२.२८ अंकले घटेको छ । बैंकिङ १८.८, विकास बैंक ८१.१९, निर्जीवन बीमा ३४५.०२, माइक्रोफाइनान्स ६८.३३, फाइनान्स ५३.८५, उत्पादन ४३.२, लगानी १.६, जलविद्युत ६१.१८, अन्य ७१.९६ र ब्यापार ४४.०६ अ‍ैकले घटेको छ ।

त्यस्तै, आज होटल तथा पर्यटन १५.१२ अंकले बढेको छ ।

आज दुई सय २८ कम्पनीका ५८ लाख कित्ता सेयर २ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह