आजबाट चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादूर देउवाले विरगञ्जबाट आएका तीन वटा मालबहाक ट्रकलाई बन्दरगाहमा प्रवेश गराउँदै उद्घाटन गर्नुभएको हो । सो उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बन्दरगाह सञ्चालनमा ल्याइएसँगै अब आयात निर्यातमा पनि थप सहज हुने बताउनु भएको छ ।
‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ उहाँले भन्नुभयो, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ ।’ त्यस्तै चोभार बन्दरगाह काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापार हबको रुपमा विकास गर्ने कोसे ढुंगा समेत रहेको देउवाले बताउनु भएको छ ।
१ अर्ब ६० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको सो बन्दरगाहमा विश्व बैंकको सहयोगप्रति आभार प्रकट गर्दै उहाँले भन्नुभयो ‘,सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने विश्व वैंकप्रति आभार प्रकट गर्छु ।’
प्रतिक्रिया