Logo

मुख्य समाचार

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति


GDP नेपाल
   ४ कार्तिक २०८१, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्‍याइएको थियो । उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो ।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह