Logo

बिजनेस होम

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग


GDP नेपाल
   ९ कार्तिक २०८१, शुक्रबार


काठमाडौं । स्थानीयस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउन एनसेल फाउन्डेसनले सामाजिक विकासका काम गर्न आवेदन खुला गरेको छ ।

एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानका लागि आवेदन दिन आमन्त्रण छ ।


गतवर्ष १८औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गतका परियोजनाहरू प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् । यसवर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्छ । यसअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायत क्षेत्रमा परियोजनाहरू लागु गरिनेछन् ।

‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् । छनोटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान एक करोड ९० लाख रुपैयाँको हुनेछ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेस गर्न आमन्त्रण गरेको हो ।
यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्छ ।

एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिइने एनसेल फाउन्डेसनले जनाएको छ ।


“एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजनामार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौँ । हामी सामुदायस्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “नाइन्टिन फर नाइन्टिन पहलमार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरू कार्यान्वयन गर्न प्रतिबद्घ छौँ । यो पहलले स्थानीयस्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौँ ।”


गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरूले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उदेश्यहरु हाषिल गर्न योगदान पुर्याउने उद्देश्य राखेको छ ।
अनुदान अर्थात् परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटबाट आवेदन दिनसक्ने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह