Logo

मुख्य समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यास १६ सय पुग्यो


GDP नेपाल
   २३ चैत्र २०७८, बुधबार


पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।

नयाँ मूल्य अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै, यसअघि प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने एलपी ग्यास २५ रुपैयाँले बढेर १६ सय पुगेको छ ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ बढेर प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ भने अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५० ले बढेर प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५४५ कायम गरिएको छ ।

पछिल्लो समय रुस र यूक्रेनबीच चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह