जानकी फाइनान्सको ५१ हजार ३५ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ ।
कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर बिक्रिका लागि आज सूचना जारी गरेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना जारीको ३५ दिनभित्र कम्पनीको प्रमुख कार्यालय जनकपुरमा आवेदन दिन सक्नेछन् । यस शेयरको मूल्य भने खुलाइएको छैन ।
यस्तै, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट निवेदन नपरेमा प्रकेया बमोजिम अन्य व्यक्ति वा संस्थाका लागि बिक्रि खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया