Logo

Banner-news

नेपालले भारतीय उर्जा बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न पायो अनुमति


GDP नेपाल
   २३ चैत्र २०७८, बुधबार


नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न पाउने भएको छ ।

भारतको विद्युत मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरणले आज नेपाल विद्युत प्राधिकरणलाई थप ३२५ मेगावाट विद्युत बिक्रि गर्न स्वीकृति दिएको हो । यसअघि गत कात्तिकमा नेपालले भारतीय बजारमा ३९ मेगावाट विद्युत् गर्न स्वीकृति पाएको थियो । योसँगै नेपालले भारतीय विद्युत् बजारमा तीन सय ६४ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति पाएको छ ।

नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको ‘इन्डिया–नेपाल जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेसन’ सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह