Logo

बिजनेस होम

पोखरामा नयाँ वर्षमा पर्यटन, संस्कृति र खानाको त्रिवेणी ‘१७ औं फेवा महोत्सव’


GDP Nepal
   २४ चैत्र २०७८, बिहिबार


काठमाडौं । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्धेश्य सहित “पर्यटन, संस्कृति र खाना” भन्ने नाराका साथ १७ औं फेवा नव बर्ष महोत्सव हुने भएको छ ।

कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरउत्थान गर्न यही चैत ३० गते देखि बैशाख १ गतेसम्म लेकसाइड स्थित फिष्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकमा महोत्सव संचालन हुने महोत्सव आयोजक होटल संघ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

होटल संघ नेपालले १७ औं फेवा नववर्ष महोत्सवका बारेमा बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगन पछि नयाँपनका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।

होटल संघ पोखराका अनुसार करिब ३ कि.मि. खुल्ला सडकमा महोत्सव आयोजना गर्न छ ।

“नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ,” उनले भने ।

विनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी, बैंकको चर्को ब्याज जस्ता घटनाक्रमका कारण अफ्ठ्यारोमा पर्दै आएको पर्यटन क्षेत्रलाई कोभिडका कारण शून्यता रहेको पर्यटन क्षेत्रमा यस महोत्सवले केही रुपमा भए पनि राहत प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष सुवेदीले बताए ।

कार्यक्रमका होटल संघ नेपाल केन्द्रका कार्यवाहक अध्यक्ष विनायक शाहले यस किसिमको उत्सव महोत्सवले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रभाव परी विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्नुका साथै नेपाल घुम्नका लागि सुरक्षित गन्तव्य रहेको सूचना सम्प्रेषण हुने बताए ।

कार्यवाहक अध्यक्ष शाहले कोभिबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको उत्थानका लागि बजेट तथा सरकारले घोषणा गरेका १० दिने पर्यटन काज आजको दिनसम्ममा पनि कार्यान्वयनमा नआउनु दुःखको कुरा भएको धारणा राखे ।

पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न होटल संघ नेपालले वृहत कार्यक्रम आयोजना गरेको स्मरण गराउँदै आज सोही अनुसार आन्तरिक हवाई सञ्जाल पोखरामा बढ्न थालेको बताउँदै सञ्चालनमा आउनै लागेको अन्तर्राष्ट्रिय विमानस्थलले पनि यस क्षेत्रमा अझ बढी प्रभावकारी भूमिका खेल्ने शाहको भनाइ छ ।

कार्यक्रमको समापन गर्दै होटल संघ पोखराका पूर्व अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई महोत्सवमा स्वागत गर्न आतुर रहेको बताए ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह