बिहिबार सेयर बजारमा हरियाली छाएको छ ।
आज सेयर बजार परिसूचक (नेप्से) ३५.६६ अंकले बढेर दुई हजार ४६४.३१ विन्दूमा पुगेको छ । बैंकिङ १८.२३, विकास बैंक ७०.७८, निर्जीवन बीमा १०९.१३, माइक्रोफाइनान्स ६३.७७, फाइनान्स २५.५२, जीवन बीमा समूह २५८.५६, उत्पादन ४७.८२, लगानी ०.९२, जलविद्युत ३०, ब्यापार ५९.३२, होटल तथा पर्यटन ३५.४८, अन्य ६८.३३ र म्यूचुअल फन्ड ०.११ अंकले बढेको छ ।
आज दुई सय २४ कम्पनीका ५४ लाख कित्ता सेयर २ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएका छन् ।
प्रतिक्रिया