Logo

मुख्य समाचार

राष्ट्र बैंकका सञ्चालक समिति सदस्यनै बारर्गेनिङमा संलग्न : शर्मा


GDP नेपाल
   २५ चैत्र २०७८, शुक्रबार


अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको सञ्चालक समितिमा कार्यरत कर्मचारीनै गोप्य सूचना चुहाउने र बार्गेनिङमा संलग्न रहेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा बोल्दै शर्माले करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको कर्मचारीनै बार्गेनिङमा संलग्न रहेको आरोप लगाएका हुन् ।

अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलरको बार्गेनिङ गरेको जनाउँदै उनले भने ‘मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्न दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन ? कतिपय सूचनाहरु हुन्छन्, रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले । अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ ।’

त्यस्तै, शर्माले पछिल्लो समय नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग दाजिएको जनाउँदै नेपाल सो अवस्थामा नपुग्ने दावी गरेका छन् । उनले नेपाल र श्रीलंकाको तुलना हुन नसक्ने जनाएका हुन् ।

‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ’ उनले भने ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह