Logo

मुख्य समाचार

फागुनमा ७.१४ प्रतिशत पुग्यो मूल्यवृद्धि


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


फागुनमा मूल्यवृद्धिले ७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । तथ्यांक अनुसार समिक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत छ ।

२०७७ फागुनको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७।५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरूमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह