Logo

बिजनेस होम

४० औं वर्षमा मेरिना इम्पेक्स


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


सटिङ सुटिङ र टेलरिङमा आफ्नो छुट्टै छाप बनाएको मेरिना इम्पेक्सले ४० औं वर्षगाँठ मनाएको छ ।

विगत ४० वर्षदेखि यस क्षेत्रमा नौलो पहिचान बनाएको इम्पेक्सले आफ्ना ग्राहकको सुविधालाई प्रार्थमिकतामा राख्दै आएको छ । इम्पेक्सले समय समयमा आफ्ना ग्राहका लागि विभिन्न योजना तथा अफरहरु समेत सार्वजनिक गर्ने गरेको छ ।

ग्राहककै सुविधा र स्वास्थ्यलाई मध्यनजर गर्दै इम्पेक्सले महामारीको समयमा पनि होम सर्भिसमार्फत आफ्नो कामलाई निरन्तरता दिएको कार्यकारी निर्देशक गोकुल खड्काले बताए ।

वर्षगाँठको अवसरमा इम्पेक्सका सञ्चालक अर्जुन बस्नेतले आफूहरु सदैव ग्राहकको सुविधाका लागि अग्रसर रहेको जनाउँदै आउँदो दिनहरुमा समेत इम्पेक्सले ग्राहकका लागि विभिन्न सेवा सुविधा र अफरलगाएतका कार्यक्रम तयार पारेको बताए ।

यस्तै, इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको प्रबन्धक निर्देशक मोहनमान जोशीले जानकारी दिए ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह