Logo

बिजनेस होम

आइरिन अध्यक्षमा भट्टराई निर्वाचित


GDP Nepal
   २९ चैत्र २०७८, मंगलबार


काठमाडौं । इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभस् इनिसिएटीभ नेपाल (आइरिन)ंको आठौं साधारण सभाबाट हेमन्त भट्टराई अध्यक्षतामा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न सभाबाट हेमन्त भट्टराई अध्यक्ष रहेको दश कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

कार्य समितिमा उपाध्यक्ष रमा कँडेल, महासचिव योगेश क्षेत्री, सचिव मन्जु धमला थापा, कोषाध्यक्ष देवराज थापा, सदस्यहरूमा ओम प्रकाश उपाध्याय, लक्ष्मण योङ्जन, सुजन थापा र डेभिड शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा अतिथिका रुपमा इक्यानका अध्यक्ष प्रकाश पाण्डे, एरी नेपालका अध्यक्ष द्वीराज शर्मा सिवाकोटी, फेकनका अध्यक्ष बासु नेपाल, नाकीका अध्यक्ष अखिल चापागाईं लगायत परामर्श ब्यवसायीहरुको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिले संरक्षकको रूपमा संस्थापक अध्यक्ष उत्तमप्रसाद पन्तलाई मनोनित गरेको छ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह