सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।
सञ्चालक समितिको आज बसेको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो । न्यौपाने बैशाख २ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
यसअघि उनी सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । सीईओ तुल्सी गौतमले राजीनामा दिएपछि साउन १ गतेबाट न्यौपानेले कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रतिक्रिया