Logo

बिजनेस होम

उद्योग वाणिज्य महासंघ महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त


GDP Nepal
   ३० चैत्र २०७८, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गोकर्णराज अवस्थीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघको चैत्र २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले अवस्थीलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यस अघि नेपाल आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक थिए ।

करिब दुई दशक भन्दा बढी आर्थिक पत्रकारिता गरेका महानिर्देशक अवस्थीसंग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ ।

नवनियुक्त महानिर्देशक अवस्थीसंग उद्योग, वाणिज्य सहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुुभव रहेको छ । महानिर्देशक अवस्थीको यो अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रकातर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघको छ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह