Logo

बिजनेस होम

म्यान अध्यक्षमा पौड्याल, उपाध्यक्षमा गोयल र महासचिवमा ओझा सर्वसम्मत


GDP Nepal
   ३० चैत्र २०७८, बुधबार


काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको पदाधिकारी छनोटसम्बन्धी निर्वाचनमा अध्यक्ष पौड्याल र महासचिवमा मोहन ओझा निर्विरोध भए ।

संघको प्रथम उपाध्यक्षमा सुरेन्द्र गोयल निर्विरोध निर्वाचित भए । द्वितिय उपाध्यक्षमा अस्मी राणा र अनु जोशीको उम्मेदवारी परेकको छ ।

संघको कोषाध्यक्षमा हेमा अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् ।

म्यानको सदस्यहरु भने यस अघि नै चयन भैसकेको छ । अध्यक्षका अर्का दावेदार रमण नेपाल सदस्य पदमै पराजीत भएपछि पौड्याल निर्विरोध निर्वाचित भएका हुन् । नबिल बैंकका अध्यक्ष समेत रहेका पौड्याल भने सबैभन्दा बढी मत ल्याएर सदस्य निर्वाचित भएका थिए ।

गत शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा ग्रोथसेलर्सका मोहन ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण प्रसाद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राणा अधिकारी, व्यवसायी अश्मी राणा, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी (श्रेष्ठ), हेम कुमारी अधिकारी रहेका छन् ।

संस्थापक तर्फबाट कार्यसमिति सदस्यमा विजयी हुनेहरूमा नबिल बैंकबाट मनोज ज्ञवाली, कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेन्टबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारी, नेपाल बैंक लिमिटेडबाट कृष्णबहादुर अधिकारीरहेका छन् ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह