Logo

मुख्य समाचार

अनअराइभल भिसा लिने पर्यटकलाई नगद बोकेर आउन आग्रह


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद बोकेर आउन आग्रह गरेको छ ।

बेलाबेलामा विद्युतीय भुक्तानीमा समस्या देखिने जनाउँदै अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद बोकेर आउन सूचना जारी गरेको हो ।

सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेकाले २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरिएको जनाइएको छ । उक्त सूचनामा अहिले अनअराइभल भिसा शुल्कवापत बैंकिङ भुक्तानी मात्र स्वीकार गर्ने र बैंकले अमेरिकी डलरसँगै अरु देशको मुद्रा पनि स्वीकार गर्ने उल्लेख छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह