Logo

बिजनेस होम

अग्रपंक्तिका स्वास्थ्यकर्मीको सम्मानमा डा. प्रिती भुषालको टोली सगरमाथा आरोहण गर्दै


GDP Nepal
   ५ बैशाख २०७९, सोमबार


काठमाडौ । समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्न डाक्टर प्रिती भुषाल सहितको टोली त्यसतर्फ लागेको छ ।

यात्राको पहिलो चरणमा डाक्टर भुषालको टोली सोमबार खुम्जुङ पुगेको छ । कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको डाक्टर भुषालले बताइन्. ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको दोस्रो लक्ष्य रहेको डाक्टर भुषालले बताएकी छन् । हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफू सगरमाथा आरोहण गर्ने अभियानमा जुटेको भुषाल बताउँछिन् ।

विष्णु भुषाल र राधा खनाल (भुषाल) की ३० वर्षीय सुपुत्री भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु रहेका छन् । अर्घाखाँची स्थायी घर भई हाल राजधानीको बाँसबारीमा बस्दै आएकी भुषाल सानैदेखि हिमाल आरोहणमा विशेष रुची राख्थिन् । भुषालले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसकेकी छिन् ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह