Logo

मुख्य समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नरमाथि छानविन प्रक्रिया अघि नबढाउन र पदमा रहेर काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै, अन्तरिम आदेशको टुंगो लगाउन सर्वोचचले दुवै पक्षलाई १३ गते छलफलका लागि बोलाएको छ ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारलाई असहयोग गरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा अधिकारीलाई निलम्बन गरी छानबिन समिति गठन गरेको थियो । सरकारले निलम्बन गरेसँगै अधिकारीले आफूलाई गैरकानुनी रुपमा पदकबाट निलम्बन गरेकाले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दिएका थिए ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह