Logo

बैंक / बिमा /शेयर

तेस्रो त्रैमासमा २० प्रतिशतले बढ्यो एनआइसी एसियाको खुद नाफा


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


एनआइसी एसिया बैंकको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक भएको छ ।

विवरण अनुसार बैंकले तेस्रो त्रैमासमा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार खुद नाफा आर्जन गरको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा १९.९६ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिमा बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफामा १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी २५.४२ प्रतिशत र सञ्चालन नाफा १६.३३ प्रतिशतले सुधार भएपछि खुद नाफा बढेको हो ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा विस्तार भएको छ । गत वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न नियामकले रोकेपछि यसको पुँजी स्थिर छ । जसका कारण रिजर्भ कोष २५.९६ प्रतिशत र रिटेन्ड अर्निङ ८६.५६ प्रतिशत ले बढेको छ । पुँजी वृद्धिको दबाब नहुँदा प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसाले बढेर ४१ रुपैयाँ ९४ पैसा कायम भएको छ । चैत मसान्तसम्म यस बैंकको प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह