Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको खुद नाफामा सामान्य गिरावट


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ०.३२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, कर्मचारी खर्च लगायतका खर्चहरु बढेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.७७ प्रतिशत घटेको छ ।

त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.०९ प्रतिशतबाट घटेर ०.९६ प्रतिशतमा झरेको छ । यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यसका साथै बैंकको कर्मचारी खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ भने अन्य सञ्चालन खर्च ६६ करोड रुपैयाँ रहेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३ पैसा घटेर १६ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५८ गुणा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह