Logo

बैंक / बिमा /शेयर

तेस्रौ त्रैमासमा सिभिल बैंकले कमायो ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले तेस्रो त्रैमासमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वार्षको तुलनामा बैंकको नाफा ७९.९१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष बैंकले ५० करोड २५ लाख रुपैयाँ खुदा नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज र सञ्चालन नाफा ५९.३९ प्रतिशत र सञ्चालन नाफा भने ९१.४५ प्रतिशतले बढेको छ । यो त्रैमाससम्म बैंकले निक्षेप संकलन २.३३ प्रतिशत र कर्जा लगानी ६.२० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा पनि ३ड.६ढ प्रतिशतले बढेको छ । यसको खराब कर्जा ०.९९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसाले बढेर १३ रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह