Logo

मुख्य समाचार

सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु ५ घाइते


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ ।

उक्त विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । घाइतमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । यस्तै, विस्फोटमा परी मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेका छन् ।

अक्सिजन भर्ने क्रममा विस्फोट हुँदा सो घटना घटेको प्रहरीले जनाएको छ । यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका छन् ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह