Logo

बैंक / बिमा /शेयर

सेञ्चुरी बैंकको थप ३ नयाँ शाखा सञ्चालनमा


GDP नेपाल
   ९ बैशाख २०७९, शुक्रबार


सेञ्चुरी बैंकको थप ३ नयाँ शाखा सञ्चालनमा आएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बैशाख ८ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रममा उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं। ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग र एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत सेवा दिदै आएको आएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह