Logo

बिजनेस होम

नेपाली बजारमा नयाँ वेयरेबल डब्लू ९ बीटी कलिङ स्मार्ट वाच सार्वजनिक


GDP नेपाल
   ९ बैशाख २०७९, शुक्रबार


भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्यूफिटले नेपाली बजारमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको छ।

‘सबैका लागि पहुँचयोग्य प्रविधि’ भन्ने भिजन सहित अघि बढेको यस कम्पनीका उत्पादन सुपथ(मूल्य तथा उच्च प्रदर्शनयुक्त स्पेसिफिकेशनसहित उपलब्ध छन् । एक्यूफिटले ल्याएकफ डब्लू ९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोन बिना नै थुप्रै कामहरु गर्न सघाउ पुर्याउँछ।

यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै, यस डिभाइसमार्फत् फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसमसम्बन्ध अपडेट पाउन सकिन्छ। यसमा रहेको ब्लूटूथ ५ ले स्मार्टफोनसँग समन्वय गरी यसमा रहेको इन-(बिल्ट स्पीकरमार्फत् ब्लूटूथ कलिङको सुविधा उपलब्ध गराएको छ। यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिने प्रविधि रहेको छ ।

एक्यूफिट डब्लू ९मा थ्रीडी कर्भ्ड स्क्रीन, जिंक-म्याग्नेशियम एलोय बडी तथा राम्रो टच फङ्शन भएको डिस्प्ले दिइएको कम्पनीले जनाएको छ। यसको २४०*२४० पिक्सेलको १.३३ एचडी आईपीएस डिस्प्ले वाटर रेजिस्टेन्ट तथा आईपी ६७ डस्टप्रूफ सर्टिफिकेशनसहितको रहेको र यसले दिनभर जस्तोसुकै मौसममा पनि स्मार्ट वाच नडराई प्रयोग गर्न सघाउ पुर्याउँने गर्दछ।

‘हाल ठूला शहरी क्षेत्रमा मात्र नभई डिजजटल विश्वमा पहुँच पुग्न बाँकी ग्रामीण भेगका घरधुरीहरुको पनि क्रयशक्ति बढेको छ। हामीले प्रविधिमा दक्खल भएका युवा पींढीका लागि मात्र नभई अत्यावश्यक जानकारी लिन खोज्ने पाका उमेरका व्यक्तिका लागि पनि स्मार्ट वाच ल्याउने योजना बनाएका छौं’, एक्यूफिटका प्रवक्ताले भने।

एक्यूफिट डब्लू९ को ब्याट्री २८० एमएएचको भएको र यसमा सुपर फास्ट उच्च स्तरको चिपसेट प्रयोग गरिएकाले एक पटकको चार्जमा लगातार प्रयोग गर्दा ७ देखि १० दिन ब्याट्री ब्याकअप रहनेछ भने ३० दिनको स्ट्याण्डबाइ तथा २ दिन लगातार ब्लूटूथ कलिङ गर्न सकिनेछ।

डब्लू९ वाच आफसेआफ पहिचान गर्ने विभिन्न मोडहरुमार्फत् अधिकांश महत्वपूर्ण स्पोर्टिङ गतिविधिहरुको निगरानी गर्ने हिसाबले बनाइएको प्रवक्ताले बताए ।

नेपालभर उपलब्ध यो एक्यूफिट डब्लू ९ को मूल्य ७ हजार ४९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह