Logo

अर्थनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आइकाओको ६६ प्रतिशत अंकः सरोकारवालाको प्रश्नचिह्न


appharu
   १६ आश्विन २०७५, मंगलबार


काठमाडौं । पब्लिक सेक्टर इनोभेटर ई. दिपेन्द्र कँडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि ६२ वर्षे पूरानो धावनमार्ग यथावत रहनु र अन्र्तराष्ट्रिय नागरिक उड्ययन संस्था (आईकाओ) ६६ प्रतिशत अंकले उसको भूमिकामाथि नै शंका पैदा भएको बताएका छन् ।
कँडेलले एक विज्ञप्तिमार्फत आईकाओको भूमिकामाथि नै शंका उत्पन्न भएको बताएका हुन् ।

उनले भने,‘आईकाओको पछिल्लो भूमिकामाथि नै शंका उत्पन्न भएको छ, किनकी उसले आँफैले सन् २०१३ मा नेपालमाथि लगाएको प्रतिबन्धलाई फुकुवा गर्दा अव्यवहारिक, अबैज्ञानीक र शंकास्पद भूमिका निर्वाह गरेको छ ।

कँडेलले अघि भनेका छन्, ‘आईकाओको मिशनले निकालेको प्रतिवेदनले नेपाललाई सूरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनबारे ६६ प्रतिशत अंक दिएको थियो, जुन अन्तर्रा्ष्ट्रिय मापदण्डभन्दा केही बढि नै हो । सन् २०१३ को अडिट रिपोर्टभन्दा नेपालको अहिलेको सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन बढि भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।’

साधरणतया सुरक्षा मापदण्ड जाँच गर्दा प्रमुख तीन कुराहरुमा विशेष ध्यान राखिने उनको भनाई छ ।
उनले भने, ‘पहिलो कुरा, विमानस्थलको अवस्था, दोस्रो, विमानहरुको अवस्था, तेस्रो एयर नेभिगेशन अर्थात् सम्पूर्ण प्राविधिक कुराहरुको सञ्चालनको अवस्था बारे जाँच गर्नुपर्छ । तर, नेपालमा ६२ वर्ष पूरानो धावनमार्ग छ । जुन अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार ४२ वर्ष पहिले नै धावनमार्ग नयाँ बनाउनुपर्ने हो । यस्तो अवस्थामा आईकाओले कसरी नेपाललाई ६६ प्रतिशत अंक प्रदान गर्यो ? मेरो आईकाओलाई प्रश्न छ ।’

नेपालको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ६२ वर्ष पूरानो धावनमार्ग हुँदाहुँदै विमानस्थलको सुरक्षा मापदण्डबारे यसरी अंक दिने हो भने आफूले नै बनाएको धावनमार्ग १५ देखि २० वर्षभन्दा पूरानो हुनुहुँदैन भन्ने नियम किन उल्लंघन गरेको भन्दै कँडेलले आईकाओलाई गम्भिर प्रश्न गरे ।
कँडेलले भर्खरैमात्रै एक विज्ञप्ती जारी गर्दै त्रिभुवन विमानस्थलको धावनमार्गमा बत्ति (लाईट) भैदिएको भए टर्किस एयरलायन्सको विमान दर्घट्ना हुनबाट बच्न सक्थ्यो भन्ने तर्क गरेका थिए ।

उनले नेभिगेशनसम्बन्धी नेपाल सरकारले ललितपुरको भट्टेडाँडामा नयाँ रडार जडान गर्नुलाई सुधारको कामको संज्ञा दिए । तर, नयाँ रडारले एअर ट्राफिक कन्ट्रोललेर र जहाजको पाईलट बिच को सम्बाद लाई कुनै अर्थ राख्दैन र युएस बंग्ला विमानको दुर्घट्ना मा भएको संचारको त्रुटी लाई कुन कुरले सम्बोधन गरेको हो मैले बुझेको छैन । यदि युएस बंग्ला विमान दुर्घटनापछि नेपालले सुधार गरेको देखेर अंक दिइएको हो भने त्यसपछि हालसालै अल्टिच्यूड हेलि दुर्घट्नापनि नेभिगेशनकै समस्याअर्थातसम्पर्क विच्छेदकै कारण अर्को दुर्घट्ना हुनुले पनि आईकाओको नेपालप्रतिको भूमिका शंकास्पद देखिएको छ।’

प्रकाशित : १६ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह