Logo

बैंक / बिमा /शेयर

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम


GDP नेपाल
   १२ बैशाख २०७९, सोमबार


नबिल दिगो बैंकिङले बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नबिल बैंकका सञ्चालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए।

नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई ध्यानमा राख्दै सबैलाई समेट्ने गरी अगाडि बढ्न चाहेको उनले बताए । नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताबारे प्रकाश पारेका थिए।

अन्तरक्रियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीले उठाएका जिज्ञासा तथा सुझावको समेत सम्बोधन गरिएको थियो।

उक्त कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंकबीच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषिजन्य वाली/वस्तु उत्पादन तथा प्रवर्धन, कृषिबजार विकाससहित व्यावसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङतर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरे। कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शनकुमार अर्याल रिचर्डको पनि उपस्थिति थियो।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रम सुरु गरेको हो।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह