Logo

मुख्य समाचार

मोटरसाइकलसहित विभिन्न १० प्रकारका सामान आयातमा रोक



सरकारले मोटरसाइकल, मोबाइल र मदिरासहित विभिन्न १० प्रकारका सामान आयातमा रोक लगाएको छ ।

व्यापार घाटाबढेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान आयातमा रोक लगाएको हो ।

सरकारले मोबाइल सेट, २५० सीसीभन्दा माथिका मोटरसाइकल, मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, खेलौनाहरु, तास र कुरकुरे, कुरमुरे, जस्ता उत्पादनहरुमा रोक लगाएको हो ।

यस्तै, वैशाख १३ गतेअगाडि नै बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा भने बन्देज नगरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह