Logo

मुख्य समाचार

यो वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हुने तथ्यांक विभागको प्रक्षेपण


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । विभागले चालु आर्थिक वर्षको ९ महिना र बाँकी तीन महिनाको अनुमानका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

सरकारले भने यस वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । यस्तै, एशियाली विकास बैंकले ३.९ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशतकोे आर्थिक वृद्धि हुने आँकलन गरेको थियो ।

त्यस्तै, विभागले कृषि क्षेत्र २.३ प्रतिशत र गैरकृषि क्षेत्र ६.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ । विभागका अनुसार आधार मूल्यमा अहिले नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको जानकारी दिएको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह