Logo

बिजनेस होम

दुई दिने बिदाले देश रसातलमा पुग्दैन, खारेज गरेर धुन्धान उन्नति भएनः पूर्व मुख्यसचिव कोइराला


GDP Nepal
   १५ बैशाख २०७९, बिहिबार


काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । खासगरी पेट्रोलियम खपत घटाउन भन्दै गरिएको यो निर्णयको कतै आलोचना र कतै प्रशंशा भइरहेको छ ।

२०५६ सालमा नेपाली कांग्रेसको एकल सरकारले पनि सातामा दुई दिन बिदाको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजनामा ल्याइएको यो व्यवस्था लामो समय भने टिकेन ।

त्यसबेला अर्थसचिव रहेका विमल कोइराला (पछि मुख्यसचिव) भने दुई दिने बिदाभन्दा हाम्रो काम गर्ने प्रवृत्ति र संस्कारमा समस्या रहेको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताउँछन् ।

दुई दिने बिदाले देशको अवस्था नाजुक नभएको र पछि खारेज गर्नेवित्तिकै सुधार भएको नपाइएको उनको अनुभव छ ।

बिदाबारे बहस चलिरहँदा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः

२०५६ सालमा साताको दुइदिन बिदा दिदा देश रसातलमा पुगेको थिएन, खारेज गरे पछि धुन्धान उन्नती गरेको पनि होइन। समस्या जरामा छ हामी पात हेरेर अनुमान गर्दैछौ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह