Logo

मुख्य समाचार

गभर्नर अधिकारीको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता


GDP नेपाल
   १६ बैशाख २०७९, शुक्रबार


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अदालतको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारलाई असहयोग गरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा अधिकारीलाई निलम्बन गरी छानबिन समिति गठन गरेको थियो । सरकारले निलम्बन गरेसँगै अधिकारीले आफूलाई गैरकानुनी रुपमा पदकबाट निलम्बन गरेकाले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दिएका थिए । 

उनको रिटमा वैशाख ६ गते न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नरमाथि छानविन प्रक्रिया अघि नबढाउन र पदमा रहेर काम गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह