Logo

मुख्य समाचार

फेरि बढ्ने भयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई १५ दिनमा पाँच अर्ब बढी घाटा


GDP नेपाल
   १९ बैशाख २०७९, सोमबार


फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने भएको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य सूचीमा भाउ बढाएर पठाएसँगै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रति लिटर १८३.०२ रुपैयाँ, डिजेल प्रति लिटर १८३.१३ रुपैयाँ, मट्टीतेल प्रति लिटर १४०.१९ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १४३.३६ रुपैयाँ, बाह्यतर्फ १२३.७८ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर दुई हजार ६५०.१८ रुपैयाँ खरीद मूल्य परेको छ।

निगमका सह प्रवक्ता पुस्कर कार्कीका अनुसार नयाँ खरिद लागत मूल्य अनुसार निगमलाई पेट्रोलमा २३.०३, डिजलमा ४०.१३ घाटा, मट्टितलेमा २.८२ नाफा, हवाई इनधन (आन्तिरिक तर्फ) मा १२.६४ र बाह्यतर्फ ६४.६९ नाफा र एलपी ग्यासमा प्रतिसिलिण्डर १०५०.१८ घाटा हुने भएको छ । कार्कीले निगमलाई आगामी १५ दिनमा पाँच अर्ब १९ करोड घाटा हुने बताए ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह