Logo

कृषि / सहकारी

तेस्रो त्रैमासमा विन नेपाल लघुवित्तको नाफा ५३ लाख ९४ हजार रुपैयाँ


GDP नेपाल
   २० बैशाख २०७९, मंगलबार


विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा २१.८१ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्ममा लघुवित्तले ६८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ७.२१ प्रतिशतले घटेर ३ करोड २२ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिसम्ममा यस्तो आम्दानी ३ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आवमा १ अर्ब ३९ करोड ऋणात्मक रहेको संचालनमा मुनाफामा कमी आएको छ । यस आवमा संचालन मुनाफा ३० करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी बढेर ७ करोड २४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार बढेर २ करोड ६ लाख रुपैयाँ संचित रहेको छ । साथै यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ७० करोड ५१ लाख रुपैयाँ सापटी लिएर ८८ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, यस अवधिसम्म संस्थाले १६ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४.८९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९.६४ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ८८.३० रुपैयाँ र तरलता अनुपात ५४.४२ प्रतिशत रहेको छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह