Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको उर्जा ऋणपत्र विक्रीमा


GDP नेपाल
   २१ बैशाख २०७९, बुधबार


एनएमबी बैंकले उर्जा ऋणपत्र बिक्रिमा ल्याएको छ । बैंकले १५ वर्षे अवधिको‘ एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९३र९४’ नामको ऋणपत्र बिक्रिमा ल्याएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरका ३५ लाख इकाई बराबर कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गरेको हो । कुल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २१ लाख इकाई बैंकले आफैंले अन्य संघ–संस्थालाई बिक्री गर्नेछ भने १४ लाख इकाईमध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको इकाई सर्वसाधारणका लागि बिक्री हुने छ ।

यस ऋणपत्रमा लगानीकर्ताहरूले वार्षिक ४ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन् । इच्छुक लगानीकर्ता वा ऋणपत्र खरिदकर्ताले वैशाख २५ गतेभित्र ऋणपत्र खरिदका लागि दरखास्त दिइसक्नुपर्नेछ ।

यद्यपि, तोकिएको अवधिमा ऋणपत्र बिक्री नभएमा जेठ ४ गतेसम्मका लागि बिक्री खुल्ला जारी राखिने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्मका लागि माग आवेदन दिन सक्नेछन् ।

कम्पनीको ऊर्जा ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह