Logo

सेयर बजार

सेयर बजारमा ३७ अंकको पहिरो


GDP नेपाल
   २२ बैशाख २०७९, बिहिबार


बिहिबार सेयर बजारमा ३७ अंकको पहिरो गएको छ । नेप्से ३७.०६ अंकले घटेर २ हजार २३८.६२ विन्दूमा झरेको छ ।

आज निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । बैंकिङ १६, विकास बैंक ८८, फाइनान्स ४८, होटल तथा पर्यटन ५९, जलविद्युत् ६६, जीवन बीमा २६०, उत्पादन ५६, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा २६५, अन्य २० र ब्यापार उपसमूह ४९ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ८ करोड ४५ लाख ८७ हजार २३२ रुपैयाँ बराबरमा किनबेच भएको छ । समग्रमा बजार ओरालो लागेपनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ । यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ ।

आज २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेसेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह