Logo

कर्पोरेट-बजार

ऊर्जा खपत घटाउने एलईडी बल्ब अब नेपालमै उत्पादन


appharu
   १९ आश्विन २०७५, शुक्रबार


काठमाडौं । ऊर्जा खपत कम गर्ने एलईडी बल्ब अब नेपालमै उत्पादन भएको छ । चितवनमा दीप ब्राण्डको एलईडी बल्ब र ट्यूबलाइट उत्पादन सुरु भएको हो ।

एलईडी बल्ब भन्नेवित्तिकै ऊर्जा खपत कम गर्ने र वातावरणमैत्री उत्पादनका रुपमा लिने गरिन्छ ।

भरतपुर २, क्षेत्रपुरमा आधा दशकदेखि विद्युतीय समाग्री उत्पादन गर्दै आएको प्लास्टो टेक नेपाल नामक कम्पनीले चिनियाँ सहकार्यमा दीप ब्राण्डको एलईडी बल्ब र ट्यूबलाईट बजारमा ल्याएको हो ।

नेपाल सरकारले एलईडी बल्बको प्रयोग गरि २ सय मेगावाट विजुली बचत गर्न लिएको लक्ष्यलाई पुरा गर्न सहयोग पुराउने हिसाबले चितवनबाट दिप ब्राण्डको एलईडी बल्ब र टियूब्बलाईट देशैभरका बजारमा बिक्री वितरण सुरु भएको कम्पनीले जनाएको छ ।

७ वर्ष अगाडि चितवनका युवा व्यवसायीहरु राजेन्द्र ओली, सुमनकुमार श्रेष्ठ, सन्जय श्रेष्ठ, केशवप्रसाद ढकाल र नानीराज घिमिरेले स्थापना गरेको प्लास्टो टेक नेपालले एलईडी बल्ब र ट्यूबलाईट एकसाथ बजारमा ल्याएको हो ।

स्वदेशी उत्पादन गरि मुलुक आत्मनिर्भर बनाउन हामीले बिद्युतिय सामग्री उत्पादन गरिरहेकोमा नयां ब्राण्डको बल्ब आयात गरि बजारमा ल्याएको उल्लेख गर्दै सञ्चालक राजेन्द्र ओलीले भने, “बजारको मागलाई ध्यानमा राखेर ८५ प्रतिशत विद्युत् खपत कम गर्ने उच्च गुणस्तरको एलईडी बल्ब र टियूब्बलाईट बजार ल्याएका हौँ ।”

हाललाई चिनियाँ कम्पनीको सहकार्यमा बजारमा ल्याईएको भएपनि निकट भविष्यमा चितवनमा नै उत्पादन गर्ने लक्ष्य समेत आफुहरुले राखेको अर्को सञ्चालक सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
८६ लाख रुपैयाँमा स्थापना भएको कम्पनीले विभिन्न उच्च स्तरीय विद्युतीय सामाग्री उत्पादन गर्न अहिले उद्योग विस्तार गर्दै ५ करोड रुपैयाँ पुर्याएको छ ।
कम्पनीले यसअघि नेपाली बजारमा उच्चस्तरीय विद्युतीय उत्पादन ईलेक्ट्रिक होल्डर, स्वीच लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको छ ।
दीप ब्राण्डमा यि सामाग्रीको २ बर्ष वारेन्टीसगैँ कममा ८५ देखि बढीमा २६० भोल्टेजसम्म चल्ने सञ्चालक ओलीले जानकारी दिए ।
उच्च गुणस्तरीय आल्मुनिय बढी हुदाँ यो बल्ब बढी किफायती रहेको छ भने ३० हजार घन्टाभन्दा बढी बल्ने कम्पनीको पनि दावी छ ।

प्रकाशित : १९ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह