युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ७ करोड २७ लाख नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ८ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ९४ लाख नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी भने १० प्रतिशतले वृद्धि भएको छ। गत आवमा रू १८ करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको चालू आवमा बढेर रू२० करोड ६२ लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू। ११ करोड ६ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू। २४ करोड ९६ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू९० करोड १० लाख सापटि लिएर,रू२ अर्ब ३४ करोड निक्षेप संकलन गरेर रू। ३ अर्ब ९५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ।
साथै कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी गरि रहेको छ । कम्पनी प्रतिकित्ता रू१०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।
एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७८ चैत १७ गते निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया