Logo

बैंक / बिमा /शेयर

एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जर सहमति


GDP नेपाल
   २५ बैशाख २०७९, आइतबार


एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स मर्जरमा जाने भएका छन्।

यी दुई इन्स्योरेन्सले मर्जरका लागि बिमा समितिबाट सैद्धान्तिक सहमति (लेटर अफ इन्टेन्ट एलओआई) पाएका छन् । गत बिहीबार मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका कम्पनीहरुले सैद्धान्तिक सहमतिका लागि शुक्रबार समितिमा आवेदन दिएका थिए ।

बिमा समितिले आगामी चैत मसान्त भित्र जीवन बीमा कम्पनीले पाँच अर्ब पुर्‍याउनु पर्ने र निजीर्वन बीमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड पुँजी पुर्‍याउन निर्देशन दिएको छ। मर्जर पश्चात यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने बताइएको छ।

हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब र हिमालयनको करिब १ अर्ब १७ करोड रुपैयाँ छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह