Logo

मुख्य समाचार

एमालेको कार्यक्रममा फायर देउवाः मदन भण्डारीको हत्यारा पत्ता ओली र भण्डारीलाई चुनौती !


gdpnepal
   १० बैशाख २०८१, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भए ।

एमालेले मदन भण्डारीको हत्याका नाउँमा गरिरहेको राजनीतिप्रति उनलाई चित्त बुझेको थिएन । आफैं गृहमन्त्री रहँदा भण्डारीको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो ।

तर, एमालेले यसलाई राजनीतिक मसला बनायो । संसददेखि सडकसम्म वर्षौंसम्म यसकै ब्याज खाइरहेको एमालेले ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा पनि भण्डारीको हत्या भएको र त्यो षडयन्त्रपूर्ण रहेको डकुमेन्ट्री प्रस्तुत गरेपछि देउवालाई सहिसक्नु भएन ।

अन्ततः आफ्नो सम्बोधनको क्रममा देउवा आक्रामक देखिए । लिखित सम्बोधन बोकेर पुगेका देउवा मनको कुरा गरेर सम्बोधन सुरु गरे । जसमा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष थियो ।

उनले सम्बोधनमा भनेः कांग्रेसलाई गाली गरेको ग¥यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो, मदन भण्डारीको हत्यारा को हो ? पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो ? अहिलेसम्म किन पत्ता लागेन ?

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह