Logo

बिजनेस होम

इना सेन्टरको पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा


gdpnepal
   ११ बैशाख २०८१, मंगलबार


काठमाडौं । ब्रान्डेड र गुणस्तरीय पर्फ्युमका पारखीहरुलाई लक्ष्य गरी ‘इना सेन्टर’ले आफ्नो पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा खोलेको छ ।

इना सेन्टर पोखरा आउटलेटको नेपाली फिल्मकी कलाकार वर्षा राउत, युवा उद्यमी वैभव पौडेल र वरिष्ठ पत्रकार रामकृष्ण ज्ञवालीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अन्तरार्ष्ट्रिय ब्रान्डेड पर्फ्युमको व्यवसाय गर्दै आएको इना सेन्टरका काठमाडौंमा सिभिल मल, बबरमहल रिभिजिटेड, धर्मपथ र दरबार मल गरी ४ वटा आउटलेट सञ्चालनमा छन् । पोखराको पाँचौं आउटलेट हो । बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म सेन्टर खुला रहने भएको छ ।

सेन्टरमा क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, निसेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत पर्फ्युमहरू उपलब्ध रहेको इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए । पोखरामा पनि ब्रान्डेड पर्फ्युमका पारखीहरु रहेको हुँदा उनीहरुको सेवाका लागि आफू यहाँ आएको उनले बताए । ‘कतिपयले अनलाइनबाटै अर्डर गर्नुहुन्थ्यो, कतिपय काठमाडौं नै पुगेर पनि किन्नुहुन्थ्यो,’ उनले भने, ‘अब पोखरेली ग्राहक भएकै ठाउँमा हामी आएका छौं ।’ पोखराको आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युम उपलब्ध गराइएको छ ।

काठमाडौं बाहिर पोखरासँगै धरान, इटहरी र चितवन लगायत सहरमा पनि इना सेन्टरकोे आफ्नै आउटलेट खोल्ने योजना रहेको बर्तौलाले सुनाए ।

कलाकार राउतले आफू पनि पर्फ्युमको पारखी रहेको बताउँदै इना सेन्टरबाटै किनमेल गर्दै आएको सुनाइन् ।

उद्यमी पौडेलले अनलाइनबाटै भए पनि इना सेन्टरबाट आफू र आफ्नो परिवारले पर्फ्युम किनमेल गर्दै आएको स्मरण गरे । ‘पर्फ्युम चाहिँदा काठमाडौं वा अनलाइनको भर पर्नुपरेन, पोखरामै आउटलेट हुँदा सजिलो हुने भयो,’ उनले भने, ‘अब त तुरुन्तै चाहिँदा पनि किन्न सकिने भयो ।’

प्रकाशित : ११ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह