Logo

मुख्य समाचार

१ करोड ११ लाख रुपैयाँ नोक्सानमा मध्य भोटेकोशी


GDP नेपाल
   २६ बैशाख २०७९, सोमबार


मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार तेस्रो त्रैमासमा कम्पनी एक करोड ११ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ करोड ८९ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको एकमात्र जलविद्युत आयोजना निर्मााणकै चरणमा रहेका कारण नाफा गर्न नसकेको बताइएको छ । कम्पनीले हालसम्म विद्युत बिक्री गरेको छैन । कम्पनीले ४ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेपनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान ५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३ पैसा पुगेको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह