Logo

मुख्य समाचार

सुनधारास्थित सीटीसी मल लिलामीमा


GDP नेपाल
   २६ बैशाख २०७९, सोमबार


सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको छ । कर्मचारी सञ्चय कोषको ऋण तिर्न नसकेपछि व्यवसायी इच्छाराज तामाङको सुन्धारामा रहेको सिटीसी मल लिलामीमा गएको हो ।

कोषले सिटीसी मल लिलामीको ३५ दिने सार्वजनिक सूचना जारी गरेको हाे । ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा १३२ ओटा सटरहरू छन् ।

मल लिलामीका लागि कोषले गत पुस देखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो । कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोहीपनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।

मलमा ५० प्रतिशत सेयर रहेको तामाङ भने हाल ठगी आरोपमा हिरासतमा छन् । मलको सञ्चालकमा इच्छाराज तामाङसहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया रहेका छन् भने कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रूपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रवीण प्रसाद प्रधान र सुमन नन्दन वैद्य बसेका छन् ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह