सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से १२.२७ अंकले बढेर २ हजार २६८.८४विन्दूमा पुगेको छ ।
आज फाइनान्स १, जलविद्युत् १२, उत्पादन २७, निर्जीवन बीमा ५७, अन्य ५, ब्यापार ३५, बैंकिङ १४ र माइक्रोफाइनान्स ६० अंकले बढेका छन् । यस्तै, विकास बैंक २०, होटल तथा पर्यटन २५, जीवन बीमा ८२ र लगानी ००७ अंकले घटेका छन् ।
आज सबैभन्दा धेरै जालपा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने हिमालय उर्जा विकास कम्पनीको सेयर झन्डै ४ प्रतिशतले घटेको छ ।
आज कुल दुई सय २२ वटा कम्पनीका ३३ लाख २४ हजार कित्ता सेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया