Logo

मुख्य समाचार

०.६ प्रतिशतले घट्यो रेमिट्यान्स


GDP नेपाल
   २८ बैशाख २०७९, बुधबार


चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.६ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार सो अवधिमा रेमिट्यान्स ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यसै अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई ८ खर्ब ८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह