Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई अर्बको कारोबार


GDP नेपाल
   २९ बैशाख २०७९, बिहिबार


बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.६४ अङ्कले घटेर दुई हजार ३५०.४२ विन्दुमा झरेको छ ।

बैंकिङ १, विकास बैंक ८९फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३, र ब्यापार २९ अंकले घटेका छन् । यस्तै, अन्य र उत्पादन समूहभने क्रमश ७ र ८० अंकले बढेका छन् ।

समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै जालपा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर साढे सात प्रतिशतले घटेको छ । यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता सेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह