Logo

मुख्य समाचार

करिब ११ करोड नाफामा सोल्टी होटल



सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ८५ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी १३ करोड ६६ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

कम्पनीको आम्दानी यस वर्ष करीब १४१ प्रतिशतले बढेका छ । गत वर्ष ३० करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष ७४ करोड ३८ लाख आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । यस्तै, जगेडा कोष रकम ६९ करोड ८२ लाखभन्दा बढी भएको छ । गत वर्षको तुलनामा कम्पनीको कुल सम्पत्ति ७ दशमलव ६१ प्रतिशत र कुल दायित्व २१ दशमलव ९४ प्रतिशतले बढेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १ दशमलव २९ र प्रतिशेयर नेटवर्थ १८ दशमलव २९ रहेको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह