Logo

बिजनेस होम

सेलपेले ल्यायो आकर्षक अफर


GDP नेपाल
   २ जेष्ठ २०७९, सोमबार


भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड (सेलपे)ले आकर्षक अफर ल्याएको छ।

ग्राहकले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी १०१ रुपैयाँको वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्ने अफर कम्पनीले ल्याएको हो।साथै ग्राहकले हरेक हप्ता ५ हजार रुपैयाँको सेलपे कार्ट भौचर कुपन जित्ने मौका पनि पाउने कम्पनीको भनाइ छ।

यो अफर मे १५ देखि अगस्ट १६ सम्मका लागि भएको कम्पनीले जनाएको छ।अफरमा सहभागी हुनेले प्ले स्टोर वा एपस्टोरबाट सेलपे एप डाउनलोड गर्नुपर्नेछ। त्यसपछि नयाँ प्रयोगकर्ता भए साइनअप गर्नुपर्नेछ भने पुरानो प्रयोगकर्ता भए लगइन गर्नुपर्नेछ।

साइनअप गर्न आवश्यक विवरण टाइप गरी सबमिट गर्नुपर्नेछ। ग्राहकले फोन प्रमाणीकरणको लागि ओटीपी कोड प्राप्त गर्नेछन्। त्यो कोड टाइप गरी सबमिट क्लिक गर्नुपर्नेछ। त्यसपछि सेलपेमा आफ्नो प्रोफाइल बन्नेछ।

साइन अप गरेपछि केवाईसी अपडेट गर्नुपर्नेछ। केवाईसी अपडेटपछि मेनेज एकाउन्टमा गएर आफ्नो सुविधाको बैंक लिंक गर्नुपर्नेछ। त्यसपछि आफ्नो बैंक सेलपेमा प्रथमपटक लिंक भएपछि तपाईंले १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्नेछन् र यसले ग्राहकलाई प्रत्येक हप्ता ५ हजार रुपैयाँको भौचर कुपन जित्न योग्य बनाउने कम्पनीले जनाएको छ।

अफरमा सहभागी हुनेले केही नियम र शर्त पनि मान्नुपर्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले पूर्ण केवाईसी प्रमाणित गरेको हुनुपर्ने, सेलपेमा ग्राहकको खाता बैंक खाताहरुसँग लिंक हुनुपर्ने जनाइएको छ। यो अफर आफ्नो बैंक खाता पहिलो पटक लिंक गर्ने सबै ग्राहकको लागि मान्य हुने जनाइएको छ।

आफ्नो बैंक खाता लिंक गर्नाले ग्राहकले ५ हजार रुपैयाँको भौचर जित्न मौका पाउनेछ। सेलकम प्रालिबाट यस अभियानका सबै निर्णयहरु आफैँले लिने कम्पनीले जनाएको छ।

कम्पनीले भनेको छ, ‘यदि प्रयोगकर्ताहरुले त्यहाँ कुनै गैरकानुनी, अयोग्य कार्य गर्नुभएको छ भने सेलकम प्रालिबाट प्रयोगकर्तालाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्तालाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ।’

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह